site stats
बाह्रखरी :: Baahrakhari
देश
मोहना नदीमा जलसतह सतर्कता तहमाथि, दिउँसोसम्म सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौं । कैलालीको मोहना नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जिल्लाको मालाखेती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह (३ मिटर) पार गरेको हो । 

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरूले साँझसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश  स्थानमा अति भारी वर्षा मापन भएको छ । कञ्चनपुरको विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, सुन्दरपुरमा ४०९ मिलिमिटर र हन्माननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ । 

वर्षा भइरहेकाले कञ्चनपुरको बाढी र डुवान भइरहने स्थानमा रहनेहरूलाई दिउँसोसम्म सुरक्षित स्थानमा बस्न विभागले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्