site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता बुझ्न संसदीय उपसमिति पोखरामा
SkywellSkywell

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितताको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमिति पोखरा पुगेको छ । असार १३ गते राजेन्द्र लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने अख्तियारी पाएको उपसमितिले सोमबार बिहान विमानस्थल आयोजनाको ब्रिफिङ लिने संयोजक लिङ्देनले जानकारी दिए । उपसमितिले बिहान ८ बजेदेखि १० बजेसम्म आयोजनाबारे प्रश्नहरू सोध्नेछ ।

उपसमितिले विमानस्थलको आवश्यकतादेखि गुरुयोजना, लागत/ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन/छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ ।

KFC Island Ad
NIC Asia

त्यसकै आधारमा रहेर प्रश्नहरू राखिने लिङ्देनले बताए । “बिहान ८ देखि १० बजेसम्म आयोजनाको ब्रिफिङ लिन्छौँ । हाम्रा केही प्रश्नहरू छन् । अनियमितताको विषयहरू उठेका छन्, त्यसमा हामी क्लियर हुनुपर्ने छ । त्यसपछि हामी आयोजनासँग जोडिएको रिठेपानी डाँडासहित केही स्थानको स्थलगत अनुगमन र निरीक्षण गर्छौं,” लिङ्देनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे महालेखापरीक्षकको कार्यालयले पनि कैफियत देखाएको छ । महालेखाले आफ्नो ६१औँ प्रतिवेदनमा विमानस्थलमा रहेको समस्या हटाएर अन्तर्राष्ट्रिय उडान गर्न सुझाव दिएको छ । 

“आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब चार किलोमिटर टाढा मणिपाल, सेती नदी, काहुँखोलादेखि करिब ५०० हेक्टर जग्गा बर्सातको समयमा पानी बग्ने, भित्री सडक तथा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर भई बगेर आउने पानी एकत्रित भई विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या आएको छ । उक्त विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी तथा छिमेकी देशहरूसँग समन्वय गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्दछ,” महालेखाको प्रतिवेदनमा भनिएको छ ।

०७४/७५ मा निर्माण सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवाती लागत अनुमान २२ अर्ब रुपैयाँ थियो । पछि लागत वृद्धि भई २५ अर्ब ३४ करोड रुपैयाँ पुगेको पोखरा विमानस्थल २०७९/८० मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । विमानस्थल निर्माणका लागि २२ अर्ब रुपैयाँमध्ये पाँच अर्ब ८३ करोड रुपैयाँको ब्याज तिर्नुपर्दैन । बाँकी ऋणमा नेपालले चिनियाँ एक्जिम बैंकलाई ब्याजबापत मात्रै वार्षिक ८४ करोड रुपैयाँ तिर्नुपर्छ । हालसम्म ९४ करोड रुपैयाँ बराबरको किस्ता चिनियाँ पक्षलाई बुझाएको सरकारले विक्रम संवत् २०८६ सम्म साँवा र ब्याज दुवैको भुक्तानी गर्नुपर्ने हुन्छ । 

आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्रबाहिर उत्तरतर्फ चार किलोमिटर पर मणिपाल, सेती नदी र काहुँखोलादेखि ५०० हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक र पृथ्वी राजमार्गको नाला र सिँचाइको नहर बगेर आउने पानी विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या भएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भए पनि सञ्चालनमा नआउँदा यसले नोक्सानी मात्रै बेहोरेको छ । महालेखाले विमानस्थल विभिन्न देश र वायुसेवा कम्पनीसँग समन्वय गरेर सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

यिनै विषयलाई लिएर उपसमितिले आवश्यक जानकारी लिने लिङ्देन बताउँछन् । उनले आयोजनाबाहेक प्रदेश सरकार, गण्डकीका सांसदहरूदेखि लिएर सरोकारवालाहरूसँग आवश्यक छलफल गरिने बताए ।

“दिउँसो २ बजेदेखि ४ बजेसम्म चाहिँ गण्डकी सरकार, सांसदहरू, नागरिक समाज, सरोकारवालासँग छलफल गर्छौं,” उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । अख्तियारले गत कार्तिकमा आयोजनाको लागत अनुमान बढेको विषयमा कागजात नियन्त्रणमा लिएर गएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा आर्थिक अनियमितता भएकै कारण गुणस्तरहीन सामग्री प्रयोग भएको गम्भीर प्रश्न उठेको छ । एकातिर गुणस्तरहीन सामग्री प्रयोग हुने, अर्कोतिर लागत दोब्बरले वृद्धि भएपछि विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आंशका गरिन्छ ।

उपसमितिका संयोजक लिङ्देन पनि यसलाई बदमासी भएको दाबी गर्छन् । उपसमितिले बलियो तरिकाले प्रतिवेदन बनाएर पेस गर्ने उनले बताए ।

“यो ठूलै बदमासी भएको छ । यति धेरै ऋण देशले बोकेर पनि उडान नहुनु चाहिँ बदमासी नै हो । अख्तियारले पनि यसमा छानबिन गरिरहेको छ । हामीले बलियो तरिकाले यसलाई उठाउन खोजेका हौँ,” उनले भने ।

पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।

डेढ वर्षमा पोखरामा दुईतर्फी १४ वटा चार्टर उडानबाहेक कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । पोखरामा सिधा उडान गर्न बंगलादेशको वायुसेवा इच्छुक भएको भनिए पनि यसले सार्थकता पाएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro