देश

काठमाडौं । काठमाडौंको विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
जतसतह बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ ०८:०१
प्रतिक्रिया दिनुहोस्