site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिकाबाट बाहिरिएपछि ब्राजिलका प्रशिक्षकले भने– परिवर्तनलाई समय लाग्छ

काठमाडौं । कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनलबाट बाहिरिएपछि ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरले टिममा बदलाब ल्याउन समय लाग्ने बताएका छन् ।

आइतबार क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उरुग्वेले १३ वर्षपछि कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । मार्सेलो बियल्साको टिम १० खेलाडीमा समेटिएको थियो । तर, निर्धारित समयमा उरुग्वेले सन् २०१९ को विजेता ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो ।

“हामी यो टिमको अति महत्त्वपूर्ण नवीकरण र पुनर्निर्माणको प्रक्रियामा छौँ । मैले यो टिमलाई आठ खेलमा मात्र प्रशिक्षण दिएको छु र यो त्यही प्रक्रिया हो, जसबाट हामी जानैपर्छ,” प्रतियोगिताबाट बाहिरिएपछि डोरिभलले भने, “हामी कठिन स्थितिबारे जानकार छौँ र यो यात्रा पार गरेर आउनेछौँ । अहिले हामीले नकआउट चरणको खेलमा हार व्यहोरेको छौँ, जुन हाम्रो अपेक्षाविपरीत थियो । तर, हामीसँग सुधारका लागि धेरै कुरा छन् । अबको हाम्रो मुख्य लक्ष्य विश्वकपका निम्ति छनोट हुनु हो । अहिले हामी कन्मेबोलको छैटौँ स्थानमा छौँ, जुन सहज अवस्था होइन ।”

प्रतियोगितामा स्वाभाविक लयका निम्ति संघर्षरत ब्राजिलले एक खेलमा मात्र जित निकाल्न सफल रह्यो । समूह चरणका दुई खेलमा बराबरी खेलेको ब्राजिलले पराग्वेलाई हराएको थियो । उरुग्वेले अब फाइनलमा पुग्न कोलम्बियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro