site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलियाले एक्कासी भिसा शुल्क बढाएपछि विद्यार्थी स्तब्ध

सिड्नी । अष्ट्रेलियाले भिसा शुल्क एक्कासी दोब्बर भन्दा बढी बनाएपछि विद्यार्थीहरुले त्यसको आलोचना गरेका छन् ।  अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आफूहरुलाई अष्ट्रेलियन सरकारले क्यास काउ (ठूलो आम्दानी हुने व्यवसाय) ठानेको जनाएका छन् ।

नन रिफन्डेबल भिसा फी बिना कुनै पूर्वजानकारी ७१० डलरबाट १६०० डलर पुर्‍याइएको जनाइएको छ । 

यसो गरेर यो शुल्क संसारकै महंगोमध्येको एक बनाइएको उनीहरुको तर्क पाइएको छ । अन्य देशजस्तो न्यूजील्यान्डमा ३४३ डलर, क्यानडामा १६४ डलर, बेलायतमा ९३२ डलर र अमेरिकामा २७७ डलर भिसा शुल्क लिइँदै आएको छ । 

सिड्नी युनिभर्सिटीका एजुकेसन अफिसर विहोङ लियाङले नाटकीय रुपमा भिसा फी बढेको देखेर विद्यार्थीहरु स्तब्ध भएको बताएका छन् । 

उनले विद्यार्थीहरुले आफ्नो अध्ययनबारे केही महिनाअघिदेखि नै योजना बनाउने गरेको जनाउँदै अहिलेको आकस्मिक फी परिवर्तनले जुलाई आसपासमा त्यहाँ जाने निर्णय गरेकाहरूका लागि तीतो अवस्था सिर्जना भएको जनाएका छन् ।

उनीहरुले थप मूल्य व्यहोर्नुपर्ने भएकोले उनीहरुको तयारी व्यर्थ भएकोसमेत उनले उल्लेख गरेका छन् । 

शिक्षामन्त्री जसोन क्लेयरले भिसा फी बढ्नु अष्ट्रेलियामा शिक्षाको मूल्य बढेको जनाएका छन् ।  आईडीपी एजुकेसनले हालै गरेको एक सर्भेमा अष्ट्रेलियामा भिसा फी बढाइए ६२ दशमलब ५ प्रतिशत सम्भावित विद्यार्थीले अष्ट्रेलिया पढ्न जाने योजना रद्ध गर्ने जनाइएको थियो । 

भिसा फी संसारकै बढी बनाइएमा २२ प्रतिशतले अन्यत्र नै पढ्न जाने भनेको र ४० दशमलब ६ प्रतिशतले अन्य विकल्प खोज्ने जनाएका थिए । पार्टनरसिप एण्ड स्टेकहोल्डर इन्गेजमेन्ट–आईडीपी कनेक्टका निर्देशक जाअन्ना स्तोर्तिले अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीको संख्या घट्ने निश्चित रहेको बताइन् ।

नेपालकी मास्टर्स  ग्राजुएट जुलिया खड्काले पहिलाको ७१० डलर नै आर्थिक रुपमा निकै बोझ भइरहेको जनाएकी छन् । ‘हाइ भिसा रेजेक्सन रेट’ रहेको बेलामा भएको यो बृद्धि निरुत्साहित बनाउने खालको भएको उनले बताएकी छन् । 

गएको मे महिनासम्ममा विद्यार्थी भिसा नेपाली विद्यार्थीका लागि आधा घटेको थियो ।  गएको वर्ष सोही समयमा ३२ हजार ७५८ ले भिसा पाएकोमा यसपालि सोही अवधिमा १२ हजार ९६२ ले भिसा पाएका छन् ।

भारतको लुधियानाकी जसप्रीत गीलले धेरै विद्यार्थीहरुलाई यो बृद्धिले अप्ठेरो पर्ने बताएकी छन् ।

थर बताउन नचाहने देवी नामकी अर्की एक नेपाली विद्यार्थीले भिसा शुल्कमा वृद्धिले आर्थिक स्थिरताको हिसाबले पहिलोपटक आउन लागेका वा बसाई विस्तार गर्न खोजेका विद्यार्थीलाई गहिरो प्रभाव पार्ने बताएकी छन् । द गार्जीयनबाट
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro