site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आत्मघाती गोल निर्णायक बन्दा नेदरल्यान्ड्स २० वर्षपछि सेमिफाइनलमा 

काठमाडौं । आत्मघाती गोल निर्णायक बन्दा टर्कीयाविरुद्ध २–१ को जित निकाल्दै नेदरल्यान्ड्स युरो–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिबार राति ओलम्पियस्टाडियोन बर्लिनमा भएको खेलमा नेदरल्यान्ड्सका स्टेफलन डे भ्राइले गोल गरे । डच टिमले अर्को गोल भने टर्कीयाका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५औँ मिनेटमा समिट अकायदिनले गोल गरेपछि टर्कीयाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ७०औँ मिनेटमा भ्राइको गोलमा डच टिम खेलमा फर्कियो । त्यसको ६ मिनेटपछि टर्कीयाका मेर्ट मुल्डुरबाट आत्मघाती गोल उपहार पाएपछि नेदरल्यान्ड्सले २–१ को अग्रता बनाएको हो ।

यही गोल निर्णायक बन्दा नेदरल्यान्ड्स २० वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । सन् १९८८ को च्याम्पियन डच टिम यसअघि २००४ को संस्करणमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले इंग्ल्यान्डविरुद्ध खेल्नेछ । इंग्ल्यान्डले यसअघि स्वीट्जरल्यान्डविरुद्ध पेनाल्टीमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro