site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाढीपहिरोबाट अझै क्षति हुन सक्छ, उद्धार र राहतमा सक्रिय हुनू : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सबै तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपद्‌बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए ।

“विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्णरूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस वर्ष विपद्‌बाट ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।”

उनले केही दिन अगाडि मात्रै आफूले उच्चस्तरीय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक बोलाएर सबै सरकारी निकायबीच समन्वय गरेर जनताको जिउधनको सुरक्षामा खटिन निर्देशन दिएको बताए ।

“वर्षा जारी छ । अझै क्षति हुन सक्छ । सडक अवरुद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका लागि सक्रिय होऔँ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्