site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको ९० प्रतिशत जनसंख्या विस्थापित : राष्ट्रसंघीय अधिकारी
फाइल तस्बिर ।

न्युयोर्क । संयुक्त राष्ट्रसंघका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजापट्टीको ९० प्रतिशत जनसंख्या कम्तीमा एकपटक विस्थापित भएको पुष्टि गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय (ओसीएचए)का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसंख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताए । 

यस समयमा, गाजापट्टीमा प्रत्येक दशमध्ये नौजना कम्तीमा एकपटक आन्तरिकरूपमा विस्थापित भएको उनले बताए ।  

उनले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार ११ लाख नागरिकले गाजापट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा छ ।

राष्ट्रसंघका अधिकारीले इजरायली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको संख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।

मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य निकाय (यूएनआरडब्लूए)ले करिब दुई लाख ५० हजार प्यालेस्टिनीे खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ । रासस/क्यूएनए

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro