काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘आउट ल : दफा २१९’को निर्माणपक्षले केही तस्बिर सार्वजनिक गरेको छ ।
असोज ३ गतेबाट रिलिज हुने चलचित्रमा सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । निर्माणपक्षले सुशीलका केही तस्बिर सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकोप्टरमा देखिन्छन् ।
चलचित्रको टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकोप्टर पार्किङ एरियामै चलचित्रको छायांकन गरेको हो ।
अमित अग्रहरीको निर्माणमा तयार भएको सिनेमालाई विक्की महर्जनले निर्देशन गरेका हुन् ।
विक्की महर्जनकै लेखन रहेको चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनलगायत अभिनय छ ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता छन् । विकास चौधरी सह–निर्माताको रहेका छन् ।