site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी एनआईसी एसिया बैंकसँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका हुन् ।

Agni Group
NIC Asia

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित २०८०) कार्यन्वयनमा ल्याएको छ । उक्त कार्यविधिअनुसार नगरपालिकाभित्र २०८० साउन १ गते वा सो मितिपछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपश्चात् परिपक्क हुनेगरी नगरपालिकाबाट यो सुविधा प्रदान गरिने बताइएको छ । 

नगरपालिकाको कार्यविधिअनुसार यस नगरमा स्थायी बसोबास गर्ने अविभावकका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् । यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

Global Ime bank

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको पाँच–पाँच हजारका दरले प्रत्येक बालबालिकाको नाममा एनआईसी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu