site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक वर्षमा एक लाख १४ हजारले लिए विदेश पढ्न जाने अनुमति, सबैभन्दा धेरै जापानमा 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वर्ष २०८० मा एक लाख १४ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०८० वैशाख १ गतेदेखि ०८० चैत ३० सम्म एकलाख १४ हजार ४२२ जनाले एनओसी लिएको उल्लेख छ ।
 
सबैभन्दा धेरै ३४ हजार ५८ जनाले जापानका लागि एनओसी लिएका छन् । उनीहरूले जापानिज भाषा विषयमा पढ्न जान अनुमति लिएको तथ्यांकमा उल्लेख छ ।
 
विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा छ । सो अवधिमा क्यानडा जान २१ हजार ३०९ विद्यार्थीले एनओसी लिएका छन् । तेस्रोमा अष्ट्रेलिया छ, उक्त मुलुकका निम्ति १८ हजार ७७९ वटा एनओसी जारी भएको छ ।
 
युकेका लागि १२ हजार २८२, अमेरिकाका निम्ति ८ हजार २५०, कोरियाका निम्ति ४ हजार ८८७, भारतका लागि २ हजार ३७२ र यूएईका लागि २ हजार ३१३ एनओसी जारी भएका छन् । 

यी बाहेक अन्य मुलुक जान एनओसी लिनेको संख्या दुई हजारभन्दा कम छ । 

सबैभन्दा धेरै ३३ हजार १६१ वटा एनओसी जापनिज भाषा विषयका लागि जारी भएका छन् । म्यानेज्मेन्टमा २८ हजार ६९१, बिजनेसमा ११ हजार ३१५ तथा आईटीमा ६ हजार ८०३ एनओसी जारी भएका छन् ।
 
साइन्समा ४ हजार ८७१, हेल्थमा ४ हजार ७५४, इन्जिनियरिङमा ४ हजार २७२, कम्प्युटर साइन्समा ४ हजार २८३ तथा साइन्स एण्ड टेक्नोलोजीमा ४ हजार १५८, हस्पिटालिटीमा ३ हजार १६, आट्र्समा एक हजार ९८० वटा एनओसी जारी भएको तथ्यांक छ ।
 
यी बाहेकका विषय पढ्न एनओसी लिनेको संख्या एक हजारभन्दा कम छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu