site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘चलचित्र साहित्यकै विधा हो, पटकथा यसको मुटु हो’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र सहित्यको बेग्लै विधा भएको भन्दै यो  मान्यतालाई स्थापित गर्नुपर्नेमा जोड दिइएको छ । त्रिवि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र कलाको आधुनिक माध्यम भएको बताए । 

समाज रुपान्तरणका लागि चलचित्रको भूमिका महत्वपूर्ण रहने भन्दै उनले प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरू एकै पटक देखाउन सकिने बताए । पछिल्लो समय चलचित्र समाजको अभिन्न अंग बन्न पुगेको उनले बताए ।  

Agni Group
NIC Asia

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा भएको अन्तरक्रियामा  कार्यपत्रमाथि आफ्नो धारणा राख्दै कलाकार नीर शाहले चलचित्र मानवीय समवेदनासँग जोडिएको साहित्य भएको बताए । “चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो,” उनले भने, “विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरूको आधार साहित्य नै हो ।” 

नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको उनले बताए । 

Global Ime bank

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले चलचित्र आफैँमा साहित्य भएको बताए । चलचित्र प्रविधिसहतिको साहित्य भएको उनको भनाइ छ । 

चलचित्रमा साहित्यका मूलविधाका सबै विधा समेटिएका कारण चलचित्र साहित्य फरक रहेको उनको धारणा छ । 

“आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ, चलचित्र । त्यसैले यसको कथा भन्ने शैली फरक छ,” उनले भने । 
 
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्यभन्दा दृश्य साहित्य अझ प्रभावकारी माध्यम भएको बताए । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको बताए । “चलचित्र पनि साहित्य हो, एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्नसक्छ वा देखाउन सक्छ,” उनले भने, “यसको प्रभावकारिता पनि समाज रुपान्तरणमा छ ।”  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu