site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभापतिको बोली रेकर्ड गर्न रास्वपामा उपसमिति माग : हिजो बोलेका के–के काम भए ?  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले मंगलबारको सचिवालय बैठक बमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारे पनि आफूलाई जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव प्रस्तुत गर्न नदिइएको बताएका छन् । उनले समीक्षा प्रतिवेदन पछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरे पनि केन्द्रीय समिति बैठकमा आफूलाई लिखित रूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति नदिएको बताएका छन् । 

लिखित रूपमा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै आफूले बढी बोले भाइ सम्झेर माफ गर्न आग्रह गरेका उनले दाजु र भाइका कुराभन्दा पनि पार्टी र देशको कुरा महत्वपूर्ण रहेको बताए । 

Agni Group
NIC Asia

“प्रिय सभापति, रवि सर, आज केन्द्रीय समिति सदस्यज्यूहरू र आम जनतालाई साक्षी राखेर केही भन्न चाहन्छु,” उनले भनेका छन्, “बढी बोले भने, भाइ सम्झेर माफ गरिदिनु हुन अनुरोध गर्दछु । तर, आज बोल्नै पर्ने स्थिति आयो । यहाँ दाजु र भाइका कुराभन्दा पनि पार्टीको कुरा आयो, देशको कुरा आयो, सत्यको कुरा आयो ।”

उनले पौराणिक कथाको प्रसंग उठाउँदै पार्टीमा पनि गणेश प्रवृत्ति हावी भएको उल्लेख गरेका छन् । उनले सभापतिलाई पनि गणेश प्रवृत्तिनै मन परेको भन्दै आफू भने कार्तिकेयकै भूमिकामा रहने बताएका छन् । 

Global Ime bank

“म देश घुम्न चाहन्छु, सभापतिज्यू, म जनतासँग बस्न चाहन्छु । म कार्तिकेय बन्छु तर गणेश बन्दिनँ । तपाईंको इच्छा, गणेशलाई पहिलो मान्नु हुन्छ वा कार्तिकेयलाई ?,” प्रश्न गर्दै उनले भनेका छन् । 

महामन्त्री ढकालले सभापतिले बोलेका विषयहरूको अभिलेख राख्न पार्टीमा उपसमिति गठनको प्रस्ताव गरेका छन् । 

“तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिको अभिलेखिकरणका लागि,” उनले भने, “अरूले बोलेका कुराहरू मलाई मतलब छैन । मलाई तपाईंले बोलेका कुराहरू मतलब छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहुन्छ, तालिका चाहियो । रिजल्ट चाहियो ।”

उनले अबका दिनमा काम गरेपछि मात्र बोल्न अुनरोध गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu