site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा एस रसिया र प्यालेष्टिनको पक्षमा उभिँदा मारिएका नेपाली र विपिन जोशीका बारेमा किन मौन ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल सरकारले सार्वभौम राष्ट्रमाथि रुसले आक्रमण गरेको भन्दै युक्रेनको पक्ष लिँदै आएको छ, तर सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) भने रुसको पक्षमा उभिएको छ । 

नेपाली नागरिकलाई अवैध तरिकाले आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाइरहेको रुसको पक्षमा एकीकृत समाजवादी उभिएको हो ।

नेपालले बारम्बार नेपालीलाई सेनामा भर्ती नगर्न र भर्ती भएकालाई फिर्ता पठाउन गरिरहेको अनुरोध बेवास्ता गर्दै आएको रुसका कारण युक्रेनसँगको युद्धमा ४४ जनाभन्दा बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।

Agni Group
NIC Asia

यस्तो, अवस्थामा एकीकृत समाजवादीले अमेरिकालगायत पश्चिमी राष्ट्रहरूको विरोध गर्दै रुसको समर्थन गरेको हो ।

राजधानी काठमाडौंमा चलिरहेको एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रुस, चीन र प्यालेस्टिनको पक्ष लिइएको छ ।

Global Ime bank

“सोभियत सङ्घको विघटनपछि केही पश्चिमी मुलुकहरूले रुसलाई अपमानित गर्दै र घेर्दै युक्रेन र रुसलाई युद्धमा धकेलेका छन्,” प्रतिवेदनमा भनिएको छ, “नाटोका सदस्य राष्ट्रको संख्या र प्रभाव विस्तार गर्दै सामरिक क्षमता बढाउने ध्याउन्नमा उनीहरूले युक्रेनलाई मोहोरा बनाएर युद्धमा धकेले ।”

पश्चिमी राष्ट्रहरूले रुसलाई घेर्ने र कमजोर बनाउने उद्देश्यले युक्रेनलाई नाटोको सदस्य बन्न दबाब दिइरहेको प्रतिवेदनमा जनाइएको छ । युक्रेनको सार्वभौम सत्ताको बहानामा अत्याधुनिक शस्त्रास्त्र युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने प्रयास अमेरिकालगायत पश्चिमी राष्ट्रले गरेको आरोप लगाइएको छ ।

“यसबाट यूरोपमा मात्रै होइन विश्वभरि युद्धजनित प्रभाव पर्दै गएको छ । विश्वशान्ति र आर्थिक विकासमा बाधा पुग्ने, खाद्यान्नको अभाव, महंगी, विश्व व्यापारमा गिरावट, इन्धनको मुल्यमा वृद्धि, रोजगारीमा गिरावट मात्रै होइन विश्वव्यापी आर्थिक मन्दीको सङ्कट आउने सम्भावना बढ्दै छ । युद्ध लम्बिँदै जादा आणविक युद्धको खतरा बढ्दैगएको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रुसी सेनामा नेपालीको भर्ती गरेको सन्दर्भ प्रतिवेदनमा उठाइएको छ । तर, रुसले अन्तर्राष्ट्रिय कानूनविपरीत अवैध तरिकाले नेपालीलाई आफ्नो सेनामा भर्ती गरेको विषयको विरोध गरिएको छैन । एकीकृत समाजवादीले रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न हुँदैन र पाउँदैन भनेर स्पष्ट अडान लिएको छैन ।

“रोजगारीका नाममा अन्तर्राष्ट्रिय मानव तस्करको चङ्गुलमा पारेर विना तालिम भाडाका सिपाहीसरह अवैध बाटोबाट युद्धमा पठाउने गरिएको छ । स्थल सेनाको मोहरामा पठाइने यस्ता जवानहरू अत्यधिक रूपमा मारिने र अङ्गभङ्ग हुने गरेका छन् । नेपालबाट गएका कैयन होनाहार युवाहरूको मृत्यु भएको छ भने कैयन घाइते एवं बेपत्ता भएका छन् । नेपाली युवालाई रुसी सेनामा भर्ती गर्ने कार्य रोकिनु पर्छ” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा रुसी सेनामा नेपाली युवाको भर्ती रोक्न, मानव तस्करी गरी नेपाली युवालाई रुसी सेनामा भर्ती गर्न लैजाने दलालहरूलाई कारबाही गर्न, रुसी सेनामा गएका युवालाई उद्धार गरी सकुशल स्वदेश फिर्ता गर्न र मृतक एवं घाइतेलाई क्षतिपूर्ति दिलाउन सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने औंल्याइएको छ ।

प्रतिवेदनमा चीनको प्रशंसा र अमेरिकालगायत पश्चिमी राष्ट्रहरूको आलोचनामा धेरै शब्द खर्चिएको छ । 

आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा चीनले गरेको योजनाबद्ध विकास र अन्तर्राष्ट्रिय सहयोगले विश्वका कैयौं मुलुकहरूका लागि नयाँ सम्भावनाका ढोका खुल्दै गएको दाबी प्रतिवेदनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

“एक शक्ति राष्ट्रका रूपमा चीनको उदयले पश्चिमी मुलुकहरूको प्रभुत्व कमजोर हुन थालेको छ र साम्राज्यवाद हडबडाएको छ । चीनको थप विकासलाई रोक्न त्यसले इण्डो–प्यासिफिक रणनीति (आइपीएस), क्वाड, युकेएएस जस्ता गठबन्धन बनाएको छ,” प्रतिवेदनमा नेपालले भनेका छन् ।

अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले ताइवानमा तनाव बढाउँदै गरेको निष्कर्ष अध्यक्ष नेपालको छ । भारतलगायत यस क्षेत्रका अन्य देशहरूलाई नजिक्याउँदै जसरी हुन्छ चीनको विकासलाई रोक्ने प्रयासमा उनीहरू रहेको उनले जनाएका छन् ।

साम्राज्यवादी तथा पूँजीवादी शक्ति राष्ट्रको हस्तक्षेपकारी कार्यका बाबजुद चीनले समाजवाद निर्माणको कार्यदिशालाई अनवरत रूपमा अगाडि बढाइरहेको विश्वास अध्यक्ष नेपालको छ । “राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले अर्थव्यवस्थालाई अझ बढी उत्पादक तथा जनमुखी बनाउन प्रयन्त गरिरहेको छ । विकासशील राष्ट्रहरूसँग बहुपक्षीय र दुई पक्षीय सहयोग अभिवृद्धि गर्दै चीनले विश्व शक्ति सन्तुलनमा नयाँ गति दिन प्रयत्न गरिरहेको छ,” प्रतिवेदनमा अध्यक्ष नेपालले चीनको प्रशंषा गरेका छन् ।

चीनको विकासको असर अमेरिकी अर्थतन्त्रमा पर्न थालेको र अमेरिकी बजारमा चीनिया वस्तुको आपूर्ति बढ्दै जाँदा चीन–अमेरिका व्यापारमा अमेरिकाले ठूलो व्यापार घाटा व्यहोर्नु परेको दाबी प्रतिवेदनमा गरिएको छ ।

वित्तीय क्षेत्रमा समेत चीनको प्रभाव बढ्न थालेको र त्यसले गर्दा अमेरिकाले चीनमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउन र अवरोध खडागर्न थालेको ठहर अध्यक्ष नेपालको छ ।

प्रतिवेदनमा अध्यक्ष नेपालले भनेका छन्, “चीनको आधुनिकीकरण र शैन्य तथा सामरिक क्षेत्रमा भएको विकासले गर्दा अमेरिका र चीनबिचको सम्बन्ध चिसिदैछ । अमेरिकाले चीनसँगको सम्बन्धलाई शीत युद्धतर्पm धकेल्न थालेको छ ।”

इजरायलले पश्चिमी शक्ति सम्पन्न राष्ट्रहरूको आडमा प्यालेस्टिन भूमिमाथि बारम्बार अतिक्रमण गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । इजरायलको यस्तो कार्यका कारण प्यालेस्टिन भूमि लामो समयदेखि तनावग्रस्त रहेको जनाइएको छ ।

“केही समय अघि इजरायलले प्यालेस्टिनी भूभाग गाजामा बर्बतापूर्वक हमला गरेको गियो । हमासको प्रतिकार गर्ने बहानामा गरिएको उक्त आक्रमणमा परी ३५ हजारभन्दा बढी मानिस मारिएका छन् भने विसौँ हजार मानिस बेपत्ता भएका छन्,” प्रतिवेदनमा भनिएको छ ।

प्यालेस्टिन ध्वस्त भइरहँदा पश्चिमा शक्तिहरू तमासा हेरिरहेको आरोप प्रतिवेदनमा लगाइएको छ । संयुक्त राष्ट्र सङ्घले पारित प्रस्तावहरू लागू गर्न नसकेको र मानवीय सहायताहरूको ढुवानी र वितरणमा अवरोध भइरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

इजरायली अतिक्रमण, नाकाबन्दी र हस्तक्षेपका विरुद्ध प्यालेस्टिनी जनताले विभिन्न समयमा प्रतिकार र प्रत्याक्रमण गर्दै आएको पनि जनाइएको छ ।

हमासले केही समयअघि इजरायलका विरुद्ध गरेको आक्रमणमा परी सयौँ इजरायली मारिएका थिए भने केहीलाई बन्दी बनाइएको थियो । उक्त घटनामा परी दशजना नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो र एकजना विपिन जोशीलाई बन्धक बनाएको थियो तर प्रतिवेदनमा नेपाली मारिएको उक्त घटनाको कुनै निन्दा वा भ्रत्सना गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu