site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ
Siddhartha BankSiddhartha Bank

बारा । रामराजामोहन विक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका–५ स्थित चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

Agni Group
NIC Asia

उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक राउन्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ । 

कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ ।

Global Ime bank

तर, हत्याका मुख्य आरोपित अझै फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर खोजतलास गरिरहेको प्रवक्ता न्यौपानेले बताए ।

गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन् ।

बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu