site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँ र कास्कीमा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । 

तनहुँको ब्यास नगरपालिका–५, ठूलोघुम्ती बस्ने ४३ वर्षीय यामबहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनी समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ९९५ र २१२ पत्ती ताससहित पक्राउ गरेको हो । 

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–५, मालेपाटनमा जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने पर्वतको मोदी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सूर्य भारतीको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७८० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro