site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारसँग तीनबुँदे सहमति भएपछि क्रसर उद्योगीको आन्दोलन स्थगित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । क्रसर तथा खानी उद्योग व्यवसायीहरूले गरिरहेको आन्दोलन स्थगित भएको छ । बिहीबार सरकारसँग तीनबुँदे सहमति भएसँगै लामो समयदेखि उद्योग नवीकरणको माग राख्दै आएका क्रसर तथा खानी उद्योग व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

सहमतिपत्रमा संसदीय समितिमा दफावार छलफलमा रहेको निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० विधेयक पारित भएपछि क्रसर उद्योगको नवीकरणसम्बन्धी समस्या सम्बोधन हुने उल्लेख गरिएको छ । विधेयक छिटो पारित गराउन आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने सहमति भएको छ ।

Agni Group
NIC Asia

त्यसैगरी, नवीकरण छुट भएका उद्योग नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने सहमति भएको छ । यस सम्बन्धमा २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमती पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव डा. नारायण प्रसाद रेग्मी र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको तर्फबाट अध्यक्ष सीताराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu