site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले भुक्तानी गर्न नदिँदा एनसेलको ब्यान्डविथ काटियो, इन्टरनेट नै अवरुद्ध हुन सक्ने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस नगरिदिँदा एनसेलले प्राप्त गर्दै ब्यान्डविथ कटौती भएको छ ।

एनसेलले आयात गर्दै आएको ब्यान्डविथको भुक्तानी गर्न नसकेपछि भारतको टाटा कम्युनिकेसन्स इन्टरनेसनलले आपुर्ति गर्न रोकेको हो ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले भुक्तानी गर्न नसकेपछि टाटाले असार ३ गतेदेखि नै ब्यान्डविथ दिन बन्द गरेको बताइएको छ ।

Agni Group
NIC Asia

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई विदेशी मुद्रा स्वीकृति तथा सिफारिस नगरेपछि यो स्थिति बनेको हो ।

टाटाले ब्यान्डविथ आपुर्ति रोकिदिएपछि गत हप्ता नै प्राधिकरणलाई पत्र पठाउँदै जानकारी गराइसकेको एनसेलले जनाएको छ ।

Global Ime bank

एनसेलले भुक्तानीका लागि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस गरिदिन समेत प्राधिकरणलाई आग्रह गरेको छ ।

प्राधिकरणले विदेशी मुद्रा भुक्तानी रोक्दा एनसेलका विभिन्न सेवा सञ्चालनमा समस्या आएको छ ।

प्राधिकरणले विगत ६ महिनादेखि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस रोक्दा सेवा विस्तार, सुधार, ब्यान्डविथबाफतको रकम र विदेशी परामर्शदातालाई भुक्तानी गर्न नसकेको एनसेलले बताएको छ । 

ब्यान्डविथको भुक्तानी गर्न नदिएमा आपूर्तिकर्ताले थप क्यापासिटी सटडाउन गर्ने र कम्पनीको सेवा नै अवरुद्ध हुनसक्ने भन्दै एनसेलले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

टाटाले आफ्नो वकिलहरुमार्फत पटक–पटक वक्यौता रकम दाखिला गर्न लिगल नोटिस पठाएको एनसेलले जनाएको छ ।

तिर्नुपर्ने वक्यौता दाखिला नगरे कानुनी कारवाहीमा जाने चेतावनीसमेत टाटाले एनसेललाई दिएको छ ।

एनसेलले भारतीय र चीनका विभिन्न ब्यान्डविथ आपूर्तिकर्ताहरुबाट इन्टरनेट सेवाका लागि ब्यान्डविथ लिँदै आएको छ । सरकारले समयमै भुक्तानी सिफारिस नगरिदिएमा सेवा अवरुद्ध भएर संकटपूर्ण अवस्था सिर्जना हुनसक्ने चिन्ता कम्पनीको छ ।

एनसेलले प्राधिकरणलाई ब्यान्डविथसँग सम्बन्धित विदेशी मुद्रा भुक्तानीका लागि यथाशीघ्र आवश्यक सिफारिस तथा स्वीकृती प्रदान गर्न आग्रह गरेको छ ।

दूरसञ्चार सेवाप्रदायकसँग विवादका कारण नेपालको इन्टरनेट सेवा नै बेलाबेला अवरुद्ध हुने अवस्था सिर्जना भएको छ । 

यस्तो गम्भीर स्थिति सिर्जना हुँदा समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सरकारले कुनै विशेष कदम नचालिरहेकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेललाई विदेशी मुद्रा भुक्तानीको सिफारिस रोकिएको बताएका छन् । लाइसेन्स नवीकरणदेखि विदेशी मुद्रा भुक्तानीका विषयमा सरकारले विभेद गर्दै आएको एनसेलको भनाइ छ ।

नेपाल टेलिकमले अवधि सकिएपछि लाइसेन्स नविकरण शुल्क तिरेको थियो । तर, एनसेलले सो शुल्क हरेक वर्षको सुरुमा किस्तामा तिर्न माग गरेपनि सरकारले निर्णय गरेको छैन । 

यस्तै, विदेशी मुद्रा भुक्तानीका विषयमा समेत नेपाल टेलकमको वक्यौता बाँकी हुँदा पनि स्वीकृति दिएको तर आफुलाई नदिएको एनसेलको गुनासो छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu