site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौं–तराई द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । निजगढबाट काठमाडौंतर्फ आउने १,६१२ मिटर लम्बाइको उक्त सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जानकारी गराएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणाधीन छ । “...राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्वीन टब टनेल) मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Agni Group
NIC Asia

lendanda-surungmarga2-1720088953.jpg
प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । उनले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन समेत दिए ।

सोही स्थानको काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग गएको जेठ ४ गते छिचोलिएको थियो ।

Global Ime bank

यस्तै, धेद्रे सुरुङमार्गको १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ जेठ ११ गते छिचोलिएको सेनाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu