site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१५ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ ।

यस दिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विकास बैंक समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४३  प्रतिशतले वृद्धि भएको छ ।

१३ उपसमूहमध्ये दुईवटाको परिसूचक घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro