site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डिबेटपछि बाइडेनको पारिवारिक जमघटः सबैको सल्लाह– उमेदवारी छोड्नुहुन्न
Siddhartha BankSiddhartha Bank

वाशिङटन । अमेरिकाका राष्ट्रपति जो वाइडेनको परिवारले गएको बिहीबारको डिबेटमा राष्ट्रपति कमजोर देखिएकोमा क्याम्पेन सल्लाहकारको आलोचना गरेका छन् । राष्ट्रपतिको बिदा मनाउने ठाउँ मेरिल्यान्डको क्याम्प डेभिडमा सप्ताहन्तमा भएको पारिवारिक छलफलमा उनीहरूलाई फायर गर्नेसम्मको कुराकानी भएको छ । 

तर, त्यो सल्लाह बाइडेन तत्काल लागु गर्ने अपेक्षामा छैनन् । पारिवारिक जमघटमा आलोचना गरिएकामा सिनियर एडभाइजर अनिता डन, उनका श्रीमान् तथा राष्ट्रपतिका एटर्नी बब बाउर र पूर्वचिफ अफ स्टाफ रोन क्लेन थिए । बाइडेनका गल्तीलाई भने पारिवारिक जमघटमा ‘ओभरलुक’ गरेको बताइएको छ ।

उक्त अवसरमा प्रथम महिला जील बाइडेन र उनका छोरा हन्टरले  सन् २०२४को राष्ट्रपतीय चुनाव उनले छोड्न नहुने बताएका थिए । पारिवारिक जमघटमा मेकअप स्टाफले पनि राष्ट्रपतिलाई पेल (फिक्का) देखिने बनाएको आरोप लगाइएको थियो । राष्ट्रपतिका नातिनीहरू फिन्नरगन र नाताली बाइडेन राष्ट्रपति र प्रथम महिलासँगै न्यूयोर्क र न्यूजर्सीमा फन्ड रेजिङ कार्यक्रममा पनि शनिबार गएका थिए ।
 
राष्ट्रपतिले उनी नजिक मानिसलाई पनि उमेदवारी फिर्ता गर्ने कि के गर्ने  भनेर सोधेको र उनीहरूले प्रथम महिला र अन्य परिवारका सदस्यसँग राम्रोसँग कुरा गरेर निर्णय लिन सुझाव दिएको बताइएको छ ।

Agni Group
NIC Asia

अर्को एउटा फन्डरेजिङ कार्यक्रममा बाइडेनले शुक्रबार श्रीमतीसँग डिबेटबारे भनेका थिए, “जिल, मलाई थाहा छैन के भयो, त्यसबाट मैले राम्रो महसुस गर्न पाइनँ ।” 

जवाफमा जिलले भनेकी थिइन्, “हेर जो, चार वर्ष तिमी राष्ट्रपति भएको व्याख्या ९० मिनेटमा गर्न हामी त्यहाँ गएको होइन ।” 

Global Ime bank

सीएनएनका मोडरेटर पनि घानमा
राष्ट्रपतिको पारिवारिक जमघटमा फयाक्ट चेक नगरेको भनेर कार्यक्रमका मोडरेटर दुई पत्रकारको पनि आलोचना गरिएको छ । सीएनएनका पत्रकारद्वय डाना बास र जेक टाप्परले उक्त दिन मोडरेटरको भूमिका निर्वाह गरेका थिए । 

बाइडेनको क्याम्पेनका स्टाफले पनि मोडरेटरले फ्याक्ट चेक नगरेको आरोप लगाएका छन् ।
 
हलिउड रिपोर्टरका अनुसार बाइडेनको परिवार बाहिरबाट पनि मोडरेटरको भूमिका बारेमा आलोचना भएको छ । सलोनका कोलमनिस्ट ब्रेन जे करिमले एक्समा भनेका छन्, “सबैभन्दा ठूलो पाप भनेको मोडरेटरहरू डिबेट मोडरेट गर्न असफल भए । यो पत्रकारिताजन्य जवाफदेहिताको पूर्ण रूपमा त्याग हो ।” 

वाशिङटन पोस्टका कमेन्टेटर करेन अतिहाले “सीएनएनको मोडरेटिङ निर्णयले हाम्रो व्यवसायको विश्वस्नीयतालाई क्षति गरेको छ,” भनेका छन् ।

त्यस्तै, प्लान्ड प्यारेन्टहुडका बरिष्ठ समाचार निर्देशक काते स्मिथ र न्यूयोर्क टाइम्सका कोलमनिस्ट निकोलस क्रिस्टोफले पनि मोडरेटरको भूमिकालाई लिएर आलोचना गरेका छन् । 
पोलिटिको
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय