site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुवाँथाई खेलाडी गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् । एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्नेछन् । उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्ने छन् ।

प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२औँ पटक हो । २०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा सात स्वर्ण र दुई कांस्य पदक जितेका छन् । त्यसमा मुख्य उपलब्धि भनेको गत फागुनमा बैंककमै भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।

मुवाँथाईअघि गुणराजले सितोरियो कराते र आइकिडो खेलेका थिए । प्रशिक्षणका दौरान मिल्यो भने प्रतियोगिता पनि खेल्ने गुणराजले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ००:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय