site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा डेंगी फैलिन नदिन महानगरको अभियान 
Siddhartha BankSiddhartha Bank

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगी नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगी रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।

डेंगी सार्ने लार्भा नियन्त्रण गर्न महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । साथै, 'खोज र नष्ट गर' अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला सहभागी छन् ।

Agni Group
NIC Asia

स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिररूपमा राखिएका भाँडा, बोटल, प्लास्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगीको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगीको संक्रमण हुन्छ ।

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगी सार्ने लामखुट्टे बस्ने गर्छ । डेंगी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ । 

Global Ime bank

विराटनगर महानगरपालिकामा डेंगीको संक्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’लाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताए । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगी नियन्त्रणको अभियान सुरु गरिएको उनले बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu