site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेनिसको ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ/ओलम्पिक सोलिडारिटी कोचिङ बिगिनर्स इन्टरमिडियट (सीबीआई) कोर्स बुधबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्समा २१ पुरुष र दुई महिला गरी २३ जनाको सहभागिता रहेको टेनिस संघअन्तर्गत कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशकसमेत रहेका टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन् ।

आईटीएफअन्तर्गत साउथ, इस्ट र साउथ इस्टका डेभलप्मेन्ट अफिसर जोनाथन स्तब्स तथा आईटीएफ ट्युटरद्वय जरिना माई अरेभालो र मार्टिन सेटियवनले सहभागीलाई प्रशिक्षण दिएका थिए । उनीहरूलाई राष्ट्रिय ट्युटर शरद लामा, राजकुमार लामा र सूर्यभूषण बज्राचार्यले सहयोग गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टेनिस संघकी अध्यक्ष ज्योति राणा, मार्टिनलगायतले एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा जितेन्द्र परियार र राजकुमार लामालाई कोचिङ एडभान्स प्लेयर कोर्समा उत्तीर्ण भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro