site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रहरी हत्यामा जेल बसेर छुटेका गुण्डा नाइके सुरेन्द्र पुनः पक्राउ

काठमाडौं । उपत्यमा हुने आपराधिक घटना र गुण्डागर्दीको शृङ्खलामा एक समय धादिङका दिनेश अधिकारी उर्फ ‘चरी’ र नुवाकोटका कुमार श्रेष्ठ उर्फ ‘घैँटे’ को नाम नजोडिएको अपराध हुँदैन थियो ।

चरी र घैँटेले २०६३ देखि करिब २०७० सालको बीचको अवधिमा गुण्डागर्दीको समूह नै निर्माण गरेर सयौं अपराधका घटना घटाए ।  निर्माण व्यवसायीदेखि रात्रिकालीन व्यवसायीबाट त उनीहरुले हप्तैपिच्छे रकम असुल गर्थे ।
उनीहरुको अपराधको शृङ्खलाले आजित भएको प्रहरीले २०७१ साउनमा चरीको इन्काउन्टर गरेर मार्‍यो । 

तत्कालीन अपराध महाशाखाको टोलीले चरीलाई भिमढुंगामा गोली हानेको थियो । त्यसको एक वर्षपछि २०७२ को भदौमा अर्का गुण्डा नाइके घैँटेकोसमेत प्रहरीकै गोलीले ज्यान गयो । उनलाई समेत महाशाखाकै टोलीले इन्काउन्टर गरेर मारेको थियो ।

Dabur Nepal
NIC Asia

त्यहीसमय ललितपुर क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाएर आपराधिक गतिविधि सञ्चालन गरेका अर्का खुंखार गुण्डा नाइके सुरेन्द्र महर्जन भने जेलमा थिए । 

ललितपुर जावलाखेलकै स्थानीय महर्जन चरी र घैँटे उदाउनु पहिलादेखि नै आपराधिक कर्ममा सक्रिय थिए ।  निर्माण व्यवसायीदेखि अन्य व्यवसायीसँग उनी हप्ता असुल गर्थे । उनको सम्बन्ध गुण्डागर्दी पृष्ठभूमिका हालका नेपाली कांग्रेसका प्रदेश सांसद मीनकृष्ण महर्जनसँग थियो । 

२०६१ मा ड्युटीमै खटिएका प्रहरीमाथि नै खुकुरी प्रहार गरेर हत्या गर्ने महर्जन १० वर्ष जेल बसे ।  उनी जेलबाट छुट्दा भने गुण्डागर्दीमाथि प्रहरी हस्तक्षेप तीव्र पारिएको थियो । त्यही माहोल बुझेर गुमनाम हुन खोजेका महर्जन पछिल्लो समय भने फेरि गुण्डागर्दीकै कर्ममा फर्किएका छन् ।

ललितपुरको चुनिखेलमा भएको खुकुरी प्रहार घटनामा उनको संलग्नता देखिएको हो ।  असार ७ मा रेष्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार भएको थियो । 

चुनिखेलमा निर्माणाधीन बानियाँको रिसोर्टमै ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ हात छिनालिनबाट थोरैमात्रै जोगिएको छ भने दायाँ खुट्टा र तिघ्रामासमेत गहिरो घाउ छ ।

प्रहरीको अनुसन्धानका क्रममा घटनामा भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको मुख्य योजना रहेको खुलेको छ । 

केसीको सहयोगीका रुपमा सुरेन्द्र महर्जनसमेत जोडिएको फेला परेको हो । हाल केसीसहित सुरेन्द्र महर्जन, लालबहादुर तामाङ ललितपुर प्रहरीको थुनामा छन् । 

घटनाको एक हप्तापछि केसी आफैँ प्रहरी सम्पर्कमा आएका हुन् भने मर्हजनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र राज मल्ल नेतृत्वको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा बानियाँमाथि खुँडा प्रहार गर्नेहरुमा दिपक बान्तवा र विभाग गुरुङ मुख्य रहेको देखिएको छ । त्यस्तै, घटनामा संलग्न झम्सिखेलका स्नोप भण्डारीको समेत संलग्नता खुलेको छ ।

जग्गासम्बन्धी कारोबार गर्दै आएका राजेश र बानियाँबीच जग्गाकै विषयमा केही दिनअघि समेत हानाहान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राजेशले बान्तवासहितका समूहलाई सुपारी दिएर खुँडा हान्न प्रयोग गरेको खुलेको छ । उनीहरु फरार छन् । ललितपुर प्रहरीका एसपी नरेशराज सुवेदीले केही पक्राउ परेको र केहीको खोजी कार्य जारी रहेको बताए ।

२०६१ मा यसरी गरिएको थियो प्रहरीको हत्या
प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान विष्णु राना मगर र समृद्ध गुरुङबीच चिनजान थियो । चिनजानका आधारमा उनीहरुबीच आर्थिक लेनदेनसमेत हुन्थ्यो । २०६१ वैशाख २९ मा आर्थिक विषयमा नै कुरा गर्न समृद्ध गरुङ विष्णुलाई भेट्न कालिमाटी पुगे । त्यो बेला समृद्धले सुरेन्द्र महर्जनलाई समेत साथमै बोकेर हिँडे । महर्जन र गुरुङ दुवै जावलाखेलका हुन् ।

विष्णु ड्युटीमै थिए । उनीहरुले बा १३ प ३९५७ नम्बरको यामाहा कम्पनीको एफजेड मोटरसाइल प्रयोग गरेर कालिमाटी पुगेका थिए । समृद्ध र प्रहरी जवान बिष्णुबीच आर्थिक लेनदेनकै विषयमा विवाद भयो । त्यही विवादले उग्ररुप लिएपछि प्रहरी जवान विष्णुले नै बोकेको खुकुरी खोसेर सुरेन्द्र महर्जनले अन्धाधुन्दा प्रहार गरे । बिष्णुको बायाँ कोखा, कुहिनो र गोडामा अन्धाधुन्दा खुकुरी प्रहार गरिएको थियो ।

खुकुरी प्रहारलगत्तै सुरेन्द्र महर्जन र समृद्ध गुरुङ घटनास्थलबाट मोटरसाइकलमै भाग्न खोजे । तर, त्यो बेला स्थानीयले उनीहरुको मोटरसाइकल नै ढालेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका विष्णुको भने घटनास्थलमै ज्यान गयो । सोही कसुरमा जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरतप्रसाद अधिकारीको इजलासले सुरेन्द्रलाई सर्वस्वसहित जन्मकैद र गुरुङलाई जन्मकैदको सजाय तोकेको थियो । 

जिल्लाको फैसलालाई उच्च अदालत पाटनले भने २०६३ असारमा हेरफेर गर्दै समृद्ध गुरुङलाई पाँचवर्ष र सुरेन्द्रलाई १० वर्ष सजायको फैसला गरेको थियो ।

तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र अनुपराज शर्माको संयुक्त इजलासले भने २०६५ असोजमा उच्च अदालतको फैसला उल्ट्याउँदै जिल्ला अदालतको फैसला नै सदर गर्ने फैसला गरेको थियो ।

उनै सुरेन्द्र पुनः खुकुरी प्रहारकै घटनामा संलग्न देखिएपछि पक्राउ परेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro