site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१२ वटै समूहकाे निष्कर्ष : अध्यक्षमा माधव र महासचिवमा घनश्यामकाे निरन्तरता 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । समूहका नेताहरूले महाधिवेशनमा प्रस्तुत गरिएकाे राजनीतिक तथा संगठनात्मक दस्तावेजमाथिकाे छलफलकाे निष्कर्ष सुनाएका हुन् ।

समूहका नेताले नेतृत्व सर्वसम्मतरूपमा टुंग्याउन सुझाव दिएकाे उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । "१२ वटै समूहबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव आएकाे छ, " उनले भने ।

टाेली नेताकाे निष्कर्षपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिएर आजै दस्तावेज पारित गर्ने तयारी रहेकाे उनले बताए ।

Agni Group
NIC Asia

"अब अध्यक्षले जवाफ दिनुहुन्छ । दस्तावेज आजै पारित हुन्छ," उनले भने ।

उनका अनुसार बिहीबार नेतृत्व चयनको प्रक्रिया थालिनेछ ।

Global Ime bank

एकीकृत समाजवादीले माधव पाैडेल प्रमुख रहेकाे निर्वाचन आयाेग गठन गरेकाे छ । आयाेगले निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

अध्यक्षमा माधव र महासचिवमा घनश्यामलाई निरन्तरता दिन दबाब

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई निरन्तरता दिन दबाब दिएका छन् । समूहगत छलफलकाे निष्कर्ष सुनाउँदै १२ वटै समूहले नेपाललाई अध्यक्षमा र भुसाललाई महासचिवमा निरन्तरता दिन सुझाव दिएका हुन् ।

अधिकाशं प्रतिनिधिले दुवै नेतालाई साेही पदमा निरन्तरता दिनुपर्ने राय दिएपछि टाेली नेताले साेहीअनुसार निष्कर्ष सुनाएका हुन् ।

भुसालले अध्यक्षमा दाबी गरिरहेका छन् । चाैतर्फी दबाबपछि उनले सहमतिमा आउने संकेत गरेकाे महाधिवेशन प्रतिनिधि बताउँछन् । भुसालले अध्यक्षकाे दाबी छाडे महासचिव वा उपाध्यक्षमा व्यवस्थापन गर्ने माधवकाे तयारी छ ।

अध्यक्षकै दाबेदार भएकाले उनले उपाध्यक्ष रहन तयार भए महासचिवमा उपमहासचिवहरू  जगन्नाथ खतिवडा, गंगालाल तुलाधरमध्ये एक जनाकाे सम्भाावना देखिएकाे छ । उपाध्यक्षद्वय राजेन्द्र पाण्डे वा वेदुराम भुसालमध्ये एकजना महासचिव बन्ने वियषमा समेत छलफल भइरहेकाे चर्चा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu