site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिजवान भन्छन्– पाकिस्तानी टिमप्रति भइरहेको आलोचना जायज छ 

काठमाडौं । पाकिस्तानका शीर्ष क्रम ब्याटर मोहम्मद रिजवानले ट्वान्टी–२० विश्वकपमा पाकिस्तानको प्रदर्शनप्रति आलोचना जायज रहेको बताएका छन् । 

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारत दोस्रोपटक च्याम्पियन बनेको थियो । तर, खराब लयबाट गुज्रिएको पाकिस्तानले भने प्रतियोगिताको समूह चरण पनि पार गर्न सकेन । 

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान प्रतियोगिताको पहिलो खेलमै सह–आयोजक अमेरिकासँग पराजित भएको थियो । दोस्रो खेलमा भारतसँग पनि पराजित भएपछि क्यानडा र आयरल्यान्डविरुद्ध जित निकाले पनि पाकिस्तानका लागि सुपर–८ पुग्न पर्याप्त बनेन ।

“टिमप्रति भइरहेको आलोचना जायज छ । विश्वकपमा आशाअनुसारको प्रदर्शन गर्न नसकेका कारण पनि हामी यसका लागि योग्य छौँ,” रिजवानले भने, “जो खेलाडीले आलोचना खेप्न सक्दैन उसले राम्रो गर्न सक्दैन । हामीले हार्नु पछाडि धेरै कारणहरू छन् । जब कुनै टिमले हार्छ भने त्यो खेलमा ब्याटिङ वा बलिङ राम्रो भएको भन्न मिल्दैन ।” 

विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्भीले पनि टिममा ‘शल्यक्रिया’ आवश्यक रहेको बताएका थिए । रिजवानले अध्यक्ष नाक्भीको योजना पाकिस्तानी क्रिकेट टिमका लागि सही रहेकोसमेत बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro