site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीआरआईबारे कांग्रेसले भन्यो– सकारात्मक छौँ, तर ऋण हो भने धान्न सक्दैनौँ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ अन्तर्राष्ट्रिय परियोजना (बीआरआई)प्रति सकारात्मक रहेको तर ऋण धान्न सक्ने परिस्थिति नभएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले मन्त्रिपरिषद्ले बीआरआईको विषयमा छलफल अघि बढाएको भन्दै थप ऋण राष्ट्रले धान्न नसक्ने निष्कर्ष निकालेको हो ।

Agni Group
NIC Asia

“बीआरआईका सन्दर्भमा सरकारले गृहकार्य गरिरहेको, चीन सरकारका उपविदेशमन्त्री आएको, मन्त्रिपरिषद्‌मा छलफल चलेको विषयमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, “यो बैठकले के निष्कर्ष निकालेको छ भने हाम्रो धेरै ठूलो ऋणको बोझ भइसक्यो । अझै ऋण बढाउँदै लैजान हुँदैन । धेरै अनुदान कार्यान्वयन नभएको अवस्थामा अनुदानमा मात्र यसलाई अघि बढाउनुपर्छ ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले विश्व बैंकबाट प्राप्त लामो समयको सहुलियतपूर्ण ऋणबाट समेत उपलब्धि हासिल नभइरहेको अनुभव सुनाए ।

Global Ime bank

“विश्व बैंकबाट प्राप्त लामो समयसम्म प्रयोग गर्ने गरी पाएको ऋणसमेत उपयोग हुन नसकेको अवस्थामा ऋणबाट बीआरआई परियोजना लिन सक्ने अवस्था छैन,” महतले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय