site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा भारी वर्षा, दिउँसोसम्म उच्च सतर्क रहन आग्रह 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सप्तरीमा भारी वर्षा भएको छ । जिल्लाको खाडो नदी, पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

Agni Group
NIC Asia

बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । 

दुधौरा, पसाह, लालबकैयालगायत उक्त क्षेत्र भएर बग्ने अन्य खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले सचेत गराएको छ । 

Global Ime bank

उदयपुरमा पनि भारी वर्षा भएको छ । सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्क रहन विभागको अनुरोध छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय