site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विहारमा नौ दिनमा पाँच पुल भत्किए, ‘षड्यन्त्र’ भन्दै जंगिए भारतका संघीयमन्त्री
Siddhartha BankSiddhartha Bank

पटना । भारतको विहार प्रान्तमा ९ दिनमा पाँच वटा पुल भत्किएको छ । भारतका संघीयमन्त्री जीतनराम माझीले षड्यन्त्र भएको बताएका छन् । 

उनले विहारका पुल निरन्तर रूपमा भत्किरहेको जनाउँदै सरकारको छवि बिगार्न यसमा षड्यन्त्रको आशंका गरेका हुन् । सुक्ष्म, लघु र मध्यम उद्यमसम्बन्धी मन्त्री माझीले शनिबार बोल्दै विहारमा भत्किएका पुलप्रति चासो दिँदै सो कुरा बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ती पुल भत्किनुको कारण कमसल खालका सामग्रीको प्रयोगले हुन सक्ने जनाएका छन् । तर, पहिले सबै ठीक ठाक भएका पुल रातारात भत्किने गरेको जनाए ।

“मलाई लाग्छ पुल भत्किनुमा सरकारको छवि बिगार्ने षड्यन्त्र छ । दुई महिनाअघि पुल भत्किने समस्या थिएन । अहिले निरन्तर रूपमा पुल भत्किरहेको छ । सरकारलाई अपमान गर्न केही व्यक्तिले षड्यन्त्र गरेको मलाई शंका छ,” उनले भनेका छन् ।

Global Ime bank

गएको ९ दिनमा विहारका अररिया, सिवान, पूर्वी चम्पारण र कृष्णगन्ज जिल्लामा पाँच वटा पुल भत्किएका थिए । पछिल्लो पुल भेजा प्रहरी स्टेसन मधुवनी जिल्लामा भत्किएको थियो । जुन नेपालको सीमावर्ती क्षेत्रमा छ । गएको जुन २६मा विहारको किसनगन्जमा भएको पुल भत्किँदा ४० हजार मानिस प्रभावित भएका थिए । हिन्दुस्तान टाइम्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय