![एभरेस्ट इन्टरनेसनल मोडेल युनाइटेड नेसन्स सम्पन्न](https://12khari.top/uploads/posts/fgmgm-1719682029.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । एभरेस्ट इन्टरनेसनल मोडेल युनाइटेड नेसन्स २०२४ सकिएको छ । गएको सोमबारदेखि काठमाडौँमा सुरु सम्मेलन शुक्रबार सकिएको हो । पाँच दिनसम्म चलेको सम्मेलनमा १० देशका २०० भन्दा बढी युवा प्रतिनिधि सहभागी थिए ।
युथ थिंकर्स सोसाइटीले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा युवाले मानवीय सुरक्षा संकट र साइबर खतरा, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापनजस्ता विश्वव्यापी समस्याको सामना र समाधान गर्ने विषयमा छलफल गरेका थिए । २०० युवालाई विभिन्न पाँच समूहमा विभाजन गरेर छलफल गरिएको थियो ।
सम्मेलनमा बंगलादेश, भारत, जापान, सुडान, कजाखस्तान, कीर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, श्रीलंकाका युवाको सहभागिता थियो ।