site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्ची नदीको जलसतह सतर्कता तह नजिक, सजग रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ ।

 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाका अनुसार मेलम्ची नदीस्थित नाकोटेको जलमापन केन्द्रमा हाल (राति ८:३५ बजे)को जलसतह ४.०९५ मिटर रहेको छ । जुन सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सजग रहन भनेको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्