site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भाटभटेनी सुपरस्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने

काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।  

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरुप यो घोषणा गरिएको पनि गुरुङले बाह्रखरीलाई बताएका छन् । 

होटल अन्नपूर्णमा मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले आठ अर्ब लगानी गर्दै, तीन वर्षभित्र पूर्ण सञ्चालनमा आउने 

काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।

हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनिहरूले सो हप्ता कमाएको तलब दिईने व्यवस्था गरिएको पनि गुरुङले बताएका छन् । 

यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गर्नेछन् । 

“अमेरिका, अष्ट्रेलिया र अन्य देशमा पढ्न जाने विदेशी विद्यार्थीलाई हप्ताको बीस घण्टा काम गर्ने अवसर दिइन्छ । हामीले पनि सोहीअनुसार नेपाली विद्यार्थीहरूलाई हप्ताको बीस घण्टा रोजगारी दिने सोच बनाएका छौं,” गुरुङले भने ।

मीनबहादुर गुरुङको सहयोगले भावुक बने डा. भगवान कोइराला, बाल अस्पतालका लागि ४१ करोड सहयोग 

यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।
 
कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ । 

मुलुकमा देखिएको बेरोजगारको अवस्था र युवा पलायनलाई रोक्न यस्तो योजना ल्याइएको गुरुङले बताए । “अहिले देशमा कोही पनि युवा बस्न नचाहेको जस्तो देखिएको छ, हाम्रा युवालाई यहीँ रोजगारी सिर्जना गरेर राख्नुपर्छ,” गुरुङको भनाइ छ ।

सरकारले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न नसक्ने भएकाले पनि निजी क्षेत्रका तर्फबाट सरकारलाई साथ दिन यो योजना ल्याइएको उनले प्रष्टाए ।

गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।

..अनि भावुक भए डा. भगवान कोइराला, भक्कानिए मीनबहादुर गुरूङ

भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । 

उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ । भूकम्पलगत्तै संघीय सरकार, कोरोनाकालमा संघीय र प्रदेश सरकारलाई पनि करोडौँ सहयोग गरेका गुरुङले राज्यलाई संकट परेका बेला निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्ने बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro