site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ । सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनबाट पीडितका लागि पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको छ ।

चौध वर्षकी हुँदा बम्जनले आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी एक युवतीले चार वर्षअघि जाहेरी दिएकी थिइन् । उनको जाहेरीमा अनुसन्धान गरेर प्रहरीले बनाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले यौन सन्तुष्टि प्राप्त गर्न बालिकालाई प्रयोग गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

पाँच वर्षअघि ती युवतीले बम्जनले बलात्कार गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेकी थिइन् । जाहेरी लिएर जाँँदा प्रहरीले उनलाई बाल अधिकारसम्बन्धी संस्थामा पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro