site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आत्मघाती गोल निर्णायक बन्दा फ्रान्स अन्तिम–८ मा, बेल्जियम बाहिरियो

काठमाडौं । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा भएको आत्मघाती गोल निर्णायक बनेपछि फ्रान्स बेल्जियमविरुद्ध १–० को जित निकाल्दै युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार जर्मनीको मेर्कुर स्पाइल एरिनामा सम्पन्न खेलको ८४औँ मिनेटसम्म दुवै टिम गोलरहित बराबरीमा थिए । तर, ८५औँ मिनेटमा बेल्जियमका यन भेर्टोनहेनबाट भएको आत्मघाती गोल फ्रान्सको जितमा निर्णायक बन्यो ।

Dabur Nepal
NIC Asia

दोस्रो हाफमा मैदान प्रवेश गरेका कोलो मुआनीले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार भेर्टोनहेनबाट ‘डिफ्लेक्ट’ हुँदै जाली चुमेको हो । मुआनीलाई एन्गोलो कान्टेले असिस्ट गरेका थिए ।

जितसँगै क्वार्टरफाइनलमा स्थान बनाएको फ्रान्सले अब पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्नेछ । 

प्रतियोगितामा हालसम्म इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन र जर्मनीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

जारी प्रतियोगिताको यो नवौँ आत्मघाती गोल हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro