site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई
तस्बिर : रामु सापकोटाको फेसबुकबाट साभार ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एक लाख रुपैयाँ पुरस्कार राशिको ‘रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा शनिबार रिसालसँगै सात विविध क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बालस्वास्थ्य विषयमा वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग रोकथाम तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्तलाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको छ । पुरस्कृत हुनेले जनही ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र धोजु, अवार्ड समितिका निमित्त अध्यक्ष वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा पुरस्कार वितरण गरिएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय