site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राजपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण एकजना   
Siddhartha BankSiddhartha Bank

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । 

पालिकाभित्र रहेका आठवटा माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एकजना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंकर मावि खरदरियाबाट ४५ ,   माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जना एसईई परीक्षा सहभागी भएका थिए ।    

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशंकरर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसईई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । 

Global Ime bank

आठ वटै विद्यालय सामुदायिक हुन् । ३५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय