site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संयुक्त राष्ट्र संघद्वारा सुडानका १४ क्षेत्रमा भोकमरीको चेतावनी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

खार्तुम । संयुक्त राष्ट्र संघले बिहीबार सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ ।

“ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ”, संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वेवसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिस भोकमरीको विपत्तिजनक पाँचौँ चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात १८ प्रतिशत जनसंख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसंघको भनाइ छ ।

सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ । उक्त द्वन्द्वका कारण १६ हजार ६५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ । रासस/सिन्ह्वा

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय