site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
भारतका पूर्वप्रधानमन्त्रीका अर्का नाति यौनकाण्डमा पक्राउ
फाइल तस्बिर : एएनआई ।
SkywellSkywell

नयाँ दिल्ली । भारतको जनता दल सेक्युलर (जेडीएस)का पूर्वसांसद प्रज्वल रेवन्नाका दाजु सुरजलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका कार्यकर्ताका साथ अप्राकृतिक सम्बन्ध बनाएको र धम्की दिने गरेको आरोपमा प्रहरीले सुरजलाई पक्राउ गरेको हो ।

उजुरी दिने चेतन केएस पार्टीकै कार्यकर्ता रहेका बताइएको छ । उनले जुन २१ मा सबैभन्दा पहिला आफ्नो उजुरी डीजीपी कार्यालयमा दर्ता गराएका थिए । जुन २२ मा उनले हासन प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएका थिए ।

Dabur Nepal
NIC Asia

उजुरी होलेनारसीपुरास्थित गनीकन्द फार्ममा पठाइएको थियो । उक्त स्थानमा त्यस्तो अपराध भएको जनाइएको छ ।

सुरजले आरोप अस्वीकार गरेका छन् । उनले त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन् । आफूसँग पाँच करोड मागिएको र नदिएपछि उजुरी हालिएको उनको भनाइ छ ।

सुरजका भाइ प्रज्वल हाल बलात्कार र यौनशोषणको अभियोगमा जेलमा छन् । उनी पूर्वमन्त्री एचडी रेवन्ना र भवानी रेवन्नाका छोरा हुन् । उनीहरू दुवै पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् ।

उजुरीकर्ता चेतनले लोकसभा चुनाव प्रचारका क्रममा सुरजसँग भेटघाट भएको जनाएका छन् । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro