site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
‘हनुमान अहिलेका राजनीतिज्ञ जति घमण्डी थिएनन्’
SkywellSkywell

बीबीसी । आफ्नो खुला विचारका लागि ख्यातिप्राप्त लेखक तथा उपन्यासकार विक्रम सेठ अहिले फेरि एक पटक चर्चामा छन् । बेस्ट सेलर अंग्रेजी उपन्यास ‘अ सुइटेबल ब्वाय’का लेखक  सेठले हनुमान चालिसालाई अंग्रेजीमा अनुवाद गरेका छन् । अनुवादको लागि हनुमान चालिसा रोजेको बारेमा उनले केही रमाइला कुरा गरे । 

‘द हनुमान चालिसा’को विमोचन हुनुअघि बीबीसीले उनीसँग कुराकानी गरेको छ । हनुमान चालिसालाई अंग्रेजीमा अनुवाद गर्ने प्रेरणाका सम्बन्धमा उनले भने, “बच्चा बेलादेखि नै मलाई हनुमान चालिसामा लगाव थियो । त्यसैले दश वर्ष अघि मैले यसको सुरुवात गरेको थिएँ ।”

यसलाई प्रकाशन गर्ने विचार आउनुको कारणबारेमा उनले भने, “यसलाई प्रकाशित गर्ने विचार त्यसबेला आयो जब ९० वर्षकी मेरी विधवा आमाले यो तिमीले आफ्नो लागि गरेका हौ । अरुलाई पनि यो काम देखाऊ, भन्नुभयो ।”

Dabur Nepal
NIC Asia

मैले भनेँ, “मेरो अनुवाद तुलसीदासको तुलनामा केही पनि होइन ।”

आमाको भनाई थियो, “जेहोस यो एउटा ढोका त हो । जो हिन्दी बुझदैनन् वा यी कविताबाट परिचित छैनन् उनलाई त यो कविताबारेमा जानकारी हुनुपर्छ  । हुन सक्छकि यसमा प्रेरित भएर उनीहरु मूल प्रतितर्फ जाउन् ।”

के यसमा कुनै राजनीतिक सन्देश पनि छ भन्ने प्रश्नमा उनले भने, “त्यस्तो खास छैन । तथापि हनुमानजी यति घमण्डी थिएनन् जबकि अहिलेका राजनेताहरु छन् । आजकल सबै आफ्नो पेट सेवामा रहन्छन् तर हनुमानजी लड्थे केवल अरुका लागि ।”

उनले थपे, “साँचो बोल्ने हो भने यसमा कुनै राजनीतिक सन्देश नै छैन । तथापि म चाहन्थे कि चुनाव भन्दा पहिला हनुमान जयन्तीको अवसरमा प्रकाशित होस् । फेरि सोचे कि यो चुनावको झमेलामा पर्ने छ । त्यसैले यसबाट बच्नु पर्दछ ।”

उनले भने, “फेरि मैले सोचे कि जुनमा आफ्नो जन्मदिनको अवसरमा यसलाई प्रकाशित गरौं ।  किनकि म राजनीतिबाट बच्न चाहन्थें ।”

हालैको लोकसभाको चुनावको नतिजाबारेमा सोधिएको प्रश्नमा उनले भने, “भन्न सकिन्छ कि तानाशाहीमाथि केही लगाम त लाग्यो । अब हेर्नुछ अगाडि के हुन्छ । भारत महान देश हो ।तर जुन विष हाम्रो नशामा बग्न थालेको छ त्यसलाई निकाल्न समय लाग्नेछ । तपाई जर्मनीको बारेमा सोच्नुस्, जर्मनीमा यहुदीको विरुद्ध यति धेरै घृणा थियो –अब अहिले त्यहाँ त्यस्तो केही छैन । जो आफनो देशवासीका विरुद्ध घृणा गर्छन् उनीहरु देशभक्त हुन सक्दैनन् ।”

सेठको पहिलो चर्चित उपन्यास ‘अ सुइटेबल ब्वाई’१९९३मा प्रकाशित  थियो । अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री पास गरेका उनलाई एक पटक न्यूयोर्क टाइम्सले ‘विनम्र व्यंग्य’ गर्ने व्यक्तिका रुपमा चिनाएको थियो ।

आफ्नो लेखनमा साहित्यको दुनियाँमा पहिचान बनाउने सेठकी आमा लीला सेठ भारतको उच्च न्यायालयकी मुख्य न्यायाधीश बन्ने पहिलो महिला थिइन् ।  सेठलाई आफनो विचार मुखर ढंगले अघि सार्ने हिसाबले पनि धेरैले चिन्ने गरेका छन् । 

उनी भारतमा समलैंगिक अधिकारका समर्थक पनि हुन् । २०१३मा इन्डिया टुडेको कभर पेजमा उनको तस्बिर छापिएको थियो जहाँ एक तख्ता लिएर उनी खडा थिए । त्यसमा लेखिएको थियो, ‘नट अ क्रिमिनल ।’ 

खासमा त्यो बेला एलजीवीटीमाथि सर्वोच्च अदालतको फैसलामा असन्तुष्टि जनाउन उनले अनौठो तरिका अपनाएका थिए ।

उनी समलैंगिक सम्बन्धमाथि रोक लगाउने कानुनको पक्षमा सर्वोच्च अदालत देखिदा असन्तुष्ट थिए । त्यही बेला सो तस्बिर खिचिएको र प्रचार गरिएको उनले जनाएका छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro