विदेश
नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।
मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।
भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ २३:०८
प्रतिक्रिया दिनुहोस्