site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाभन्दा रुससँग आणविक हतियार बढी, पाकिस्तानलाई भारतले उछिन्यो
SkywellSkywell

काठमाडौं । विश्वका शक्तिशाली राष्ट्रहरू आणविक हतियार जोगाड प्रतिस्पर्धामा उत्रिएका छन् । विश्वका ९ देशसँग सन् २०२३ सम्म १२ हजार १२१ आणविक हतियार छन् । 

स्वीडिश थिङ्क ट्याङ्क स्टकहोम इन्टरनेसनल पिस रिचर्स इन्स्टिच्युटले सार्वजनिक गरेको ‘आणविक हतियारसम्बन्धी प्रतिवेदनमा २०२४’ मा उक्त संख्यामा आणविक हतियार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलसँग आणविक हतियार भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार, सन् २०२३ सम्म सबैभन्दा बढी आणविक हतियार रुससँग छ । सन् १९४९ मा पहिलो पटक आणविक हतियार परिक्षण गरेको रुससँग ५ हजार ५८० आणविक हतियार रहेको छ ।

Dabur Nepal
NIC Asia

रुसपछि दोस्रो ठूलो संख्यामा आणविक हतियार अमेरिकासँग छ । विश्वमै सबैभन्दा पहिला आणविक हतियार अमेरिकाले सन् १९४५ मा बनाएको थियो । हाल अमेरिकासँग ५ हजार ४४ वटा आणविक हतियार भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा तेस्रो ठूलो संख्यामा आणविक हतियार चीनसँग छ । तर, रुस र अमेरिकाको तुलनामा चीनसँग निकै सानो संख्यामा मात्र आणविक हतियार छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार, चीनसँग हाल ५०० वटा आणविक हतियार छ । सन् २०२३ मा सबैभन्दा बढी आणविक हतियार चीनले थपेको छ । 

सन् २०२२ को डिसेम्बरसम्म चीनसँग ४१० वटा आणविक हतियार थिए । सन् २०२३ मा चीनले ९० वटा आणविक हतियार थपेको छ । दक्षिण एसियाली राष्ट्रमा भारतले आणविक हतियारको संख्यामा पाकिस्तानलाई उछिनेको छ । सन् २०२२ सम्म भारसँग १६४ वटा र पाकिस्तानसँग १७० वटा आणविक हतियार रहेका थिए ।

सन् २०२३ को डिसेम्बरसम्म आइपुग्दा आणविक हतियारको संख्या भारतले १७२ पुर्‍याएको छ । पाकिस्तनले भने १७० मा थपेको देखिँदैन ।

यस्तै, बेलायतसँग २२५, फ्रान्ससँग २९०, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० वटा आणविक हतियार भएको प्रतिवेदनमा उल्लेख छ । विश्वमा रहेका कुल आणविक हतियारको ९० प्रतिशत हिस्सा रुस र अमेरिकासँग रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुल आणविक हतियारमध्ये ९ हजार ५८५ सैनिक हतियार हुन् । यीमध्ये ३ हजार ९०४ वटा आणविक हतियार मिसाइल तथा विमानमा जडान गरी तयारी अवस्थामा राखिएको छ । 

दुई हजार एक सय आणविक हतियार ब्यालेस्टिक मिसाइलमा जडान गरी तयारी अवस्थामा राखिएको छ । यी हतियार उच्च सतर्कताका साथ राखिएको छ । ५ हजार ६८१ आणविक हतियार भण्डारण गरिएको अवस्थामा छन् ।

आणविक हतियारको सफल परीक्षण अमेरिकाले सन् १९४५, रुसले सन् १९४९, बेलायतले सन् १९५२, फ्रान्सले सन् १९६०, चीनले सन् १९६४, भारतले सन् १९७४, पाकिस्तानले सन् १९९८ र उत्तर कोरियाले सन् २००६ मा गरेका थिए ।

प्रतिवेदन अनुसार, अमेरिकाले १ हजार ७७०, रुसले १ हजार ७१०, बेलायतले १२०, फ्रान्सले २८० र चीनले २४ वटा आणविक हतियार तयारी अवस्थामा राखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro