site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसाले लिए शपथ
Siddhartha BankSiddhartha Bank

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले आगामी पाँच वर्षका लागि राष्ट्रपतिको शपथ लिएका छन् । 

जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा २८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमाले ४४ मत पाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिकाको संविधानबमोजिम नेसनल एसेम्बलीबाट चयन भएको पाँच दिनभित्र निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुपर्छ ।

उनले सबै दल, नागरिक समाज, श्रम, व्यापार र अन्य संरचनाहरूलाई साथमा लगेर मुलुकमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

Global Ime bank

मे २९ मा भएको आम निर्वाचनमा एएनसीले नेसनल एसेम्बलीको ४०० सिटमा १५९ सिट हासिल गरेको थियो । सिन्ह्वाबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement