site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्याम्पसकाे उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भने– भारतको स्वर्णिम युग सुरू
SkywellSkywell

पटना । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको राजगिरस्थित नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसको उद्घाटन गरेका छन् । उनको साथमा विदेशमन्त्री डा. एस जयशंकर र बिहारका मुख्यमन्त्री नीतीश कुमार उपस्थित थिए ।

सो अवसरमा सम्बोधन गर्दे मोदीले भने, ‘मैले यसलाई भारतको विकास यात्रामा शुभ संकेतकाे रूपमा देखेको छु । नालन्दा केबल नाम मात्रै होइन एक पहिचान पनि हो । नालन्दा सत्यको उद्घोष हो कि– आगोको लपेटामा पुस्तक जले पनि र आगोको लपेटाले ज्ञानलाई मेटाउन सक्दैन ।”

KFC Island Ad
NIC Asia

उनले थप भने, “नालन्दाको ध्वाँसोले भारतलाई अन्धकारले भरेको थियो । अब यसको पुनर्स्थापना भारतको स्वर्णिम युगको सुरुआत हुन गइरहेको छ ।’

बिहारका मुख्यमन्त्री नीतीश कुमारले भनेका छन्, “नालन्दा विश्वविद्यालयको इतिहास धेरै गौरवशाली छ । प्राचिनकालमा नालन्दा विश्वविद्यालयको पहिचान ज्ञानको केन्द्रकोको रूपमा थियो । त्यहाँ १० हजार विद्यार्थी पढ्थे । दुई हजार शिक्षक हुन्थे ।”

Royal Enfield Island Ad

सन् २०१६ मा नालन्दा विश्वविद्यालयलाई संयुक्त राष्ट्रसंघले ‘हेरिटेज साइट’ घोषणा गरेको थियो । क्याम्पस उद्घाटन कार्यक्रममा १७ देशका राजदूतका साथै प्रतिष्ठित मानिस सहभागी भएको जनाइएको छ । 

विश्वविद्यालयका कुलपति अभयकुमार सिंहले यस कार्यक्रमलाई ऐतिहासिक भनेका छन् । नयाँ क्याम्पसमा दुईवटा एकेडेमिक ब्लक, ४० कक्षा, जसमा ९०० विद्यार्थी बस्न सक्ने जनाइएको छ । नयाँ क्याम्पसमा ३०० सिटको सभाहल तथा ५५० विद्यार्थीलाई छात्राबासको पनि व्यवस्था रहेको जनाइएको छ । 

यो क्याम्पसमा सोलार प्लान्ट, वाटर ट्रिटमेन्ट प्लान्ट र रिसाइक्लिङ प्लान्टजस्ता पर्यावरण अनुकूल सुविधा रहेको जनाइएको छ । सो विश्वविद्यालयको इतिहास गहिरो रहेको छ । करिब १६०० वर्ष पहिला स्थापित मूल नालन्दा विश्वविद्यालयको संसारको पहिलो आवासीय विश्वविद्यालयमध्ये एक मानिन्छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro