site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह
Siddhartha BankSiddhartha Bank

सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । 

गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँचजना घाइते भएका थिए । उक्त घटनाका केही आरोपितलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले आज विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा डकैती हुँदै छ भनी अनर्गल प्रचार गर्ने, अफवाह फैलाउने, त्रसित बनाउने र जनमानसमा भ्रम फैलाउने काम गरिरहेका भन्ने बुझिन आएकाले यस्ता भ्रामक, तथ्यहीन तथा झुठो हल्लाका पछाडि नपर्न तथा शान्ति सुरक्षाप्रति विश्वस्त हुँदै आफ्ना नियमित काम गर्न सबैमा अनुरोध गर्दछौँ ।”

Global Ime bank

नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि शान्तिसुरक्षा प्रदान गर्न सक्षम रहेको भन्दै भ्रममा नपरी अफवाह फैलाउनेका बारेमा सही सूचना उपलब्ध गराउन प्रहरीले सबैलाई आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement