site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले समस्या नबुझेको रिकन्डिसन अटो व्यवसायीको गुनासो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरूको बारेमा सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । सोमबार काठमाडौंमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनीहरूले आफूहरूको समस्याप्रति राज्य बेखबर भएको बताएका हुन् ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघले यो क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै आफ्ना समस्या सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेशप्रसाद कोइरालाले हेर्दा सामान्य तर केही व्यावहारिक समस्याहरूबाट रिकन्डिसन अटो व्यवसायीहरू प्रताडित भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“उदाहरणका लागि बैंकहरूबाट रिकन्डिसन गाडी र विशेषगरी विद्युतीय सवारीसाधनमा लगानी गर्न देखाइएको अनिच्छालाई लिन सकिन्छ,” उनले भने, “रिकन्डिसन अटो भनेपछि बैैंकहरूले फाइनान्सिङ गर्दैनन् । नयाँ गाडीभन्दा रिकन्डिसन गाडीको बजार ठूलो छ ।”

त्यस्तै, अध्यक्ष कोइरालाले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । आधुनिक प्रविधिहरूको ज्ञान र प्रयोगबाट व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउने पनि अध्यक्ष कोइरालाले बताए ।

Global Ime bank

कार्यक्रममा संघका कानुनी सल्लाहकार अधिवक्ता रुद्र ढुंगेलले अहिले नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडी खरिद गर्ने ग्राहक धेरै भएको बताए । अहिलेको बजारमा नयाँ गाडीभन्दा रिकन्डिसन गाडीहरूको कारोबार धेरै भएको पनि उनको भनाइ छ । 

संघका अध्यक्ष कोइरालाका अनुसार नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकन्डिसन अटोमोबाइल्स’हरूको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो । यो २०७२ साल फागुन १९ गते स्थापना भएको हो ।   

हाल यस संघमा देशभरिबाट करिब १४४ सदस्यहरू सक्रिय रहेका छन् । कोसी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्षभित्रमा अन्य पाँचवटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरू तयार गर्ने संघको लक्ष्य छ ।   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement