site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी प्रकरण : संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल 
फाइल तस्बिर

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ । 

समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् । “गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएका छौँ,” उनले भनिन् । 

गोरखा मिडिया नेटवर्क गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो । उक्त मिडिया हाउसअन्तर्गत ग्यालेक्सी फोर के टीभी सञ्चालनमा आएको थियो । यसको अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ । 

साथै समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको नाैवटा सहकारीको सम्बन्धी फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro