site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घटेको बजारमा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । घटेको बजारमा बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १३ समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहगत परिसूचक घट्दा फाइनान्स समूहको परिसूचक ११.३३ अंकले बढेको छ ।

यस दिन सेन्टर फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एन्ड फाइनान्स, जनकपुर फाइनान्स, नेपाल फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य बढेको छ ।

नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ । ५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro