site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा आज दिनभर गर्मी हुने, राति वर्षाको सम्भावना  
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज पनि गर्मी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि शुक्रबारकै जस्तो गर्मी रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । 

शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो । “आज पनि हिजोकै तुलनामा गर्मी हुनेछ । बिहानैदेखि काठमाडौंको तापक्रम उच्च छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

हल्का बादल लागे पनि गर्मी रहेको मौसमविद् लामिछानेको भनाइ छ । “काठमाडौंमा आज दिनभर गर्मी नै हुनेछ,” उनले भने, “राति भने वर्षाको सम्भावना छ ।” राति काठमाडौंका केही स्थानमा हल्कासम्म वर्षा हुने उनको भनाइ छ । 

“काठमाडौंका धेरै स्थानमा भने वर्षा हुने छैन । केही स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद् लामिछाने भन्छन् । 

Global Ime bank

उनका अनुसार काठमाडौंमा मनसुनी प्रणाली प्रवेश गरेको छैन । “मनसुन अनुकूल प्रणाली विकास भइरहेको छ । तर आज नै काठमाडौंमा मनसुनी प्रणाली प्रवेश गर्ने देखिँदैन,” उनले भने, “हालसम्म पूर्वी भू–भागमा मात्र मनसुनी प्रणाली छ ।” 

कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका अरु जिल्लामा दिउँसो वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने नरहेको मौसमविद् लामिछानेको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय