site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शक्तिमा हुनेको वरिपरि मात्रै बजेट जानु नवसामन्तवाद : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले बजेट न्यायोचित रूपमा बाँडफाँट नभएकोमा आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा  बजेटमाथि विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकको छलफलमा सीमित स्रोतको बाँडफाँट विवेकपूर्ण हुनुपर्ने बताए । 

उनले विगत दुई वर्षको बजेट हेर्दा न्याय हुन नसकेको बताए । “दुई बजेट अधिवेशन हेर्दा हामीले न्याय गरेका छौँ भन्ने लाग्न छोडेको छ,” खनालले भने, “गत वर्षको बजेटमा नुवाकोट, सल्यान, गोरखा र डडेलधुराको धेरै देखियो । यो वर्ष रोल्पा, धनुषा, गोरखा र झापामा देखियो ।”

उनले शक्तिमा हुनेको वरिपरि मात्रै बजेट जानु नवसामन्तवादको नयाँ स्वरुप भएको टिप्पणी समेत गरे । “जो शक्तिमा छ, जो सरकारमा छ । उसको वरिपरि, निर्वाचन क्षेत्रमा मात्रै हामीले राज्यको स्रोत परिचालन गर्र्दै छौँ भने त्यो नवसामन्तवादको नयाँ स्वरुप होइन र ?, उनले भने, “सामन्तवादको बेला राज्य गर्नेहरूले जग्गा बाड्थे, वृर्ताको रूपमा बाड्थे होलान् । आज जो सरकारमा छ उसले करबाट उठाएर ल्याएको स्रोतलाई उ आफ्नो निर्वाचन क्षेत्रमा एकीकृत गर्र्दै छ ।”

उनले विगतका आन्दोलनबाट आएको नेताले नेतृत्व गर्दा बजेट विनियोजनमा आन्दोलनको त्याग नबोेकेको बताए । बजेटले नीति कार्यक्रमको मर्मलाई पनि बोक्न नसकेको दाबी गरे । 

सांसद खनालले सांसदहरूले मन्त्रीहरूप्रति पोखेको आक्रोश हेर्दा सरकार फेरिए मन्त्री खोज्न समेत गाह्रो हुने भन्दै कटाक्ष समेत गरे । “जुन हिसाबले माननीय सांसदहरूले मन्त्रीज्यूहरूप्रति आक्रोश पोखिराख्नुभएको छ,” खनालले भने, “आक्रोश हेर्दा फेरि सरकार परिवर्तन भयो भने मन्त्री खोज्न गाह्रै हुन्छ कि भन्ने लाग्न थालेको छ ।”

खनालले उपराष्ट्रपतिको भूमिकाविहीन पद किन राखेको भनि प्रश्न गरे । उनले संविधान संशोधन गर्नुपर्ने बताए । प्रक्रिया लामो हुने भएकाले अहिलेलाई प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्दा उपराष्ट्रपतिलाई राख्ने, अन्तर्राष्ट्रिय फोरममा जोड्न सकिन्छ कि भन्ने क्रियटिभ ढंगले सोच्न आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro